+
+

आफ्ना माग लेखिएका पम्प्लेट छातीमा टाँसेर नासुहरु काममा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:२४

२९ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि लागु भएको नयाँ तलवमान सच्याउन र संघीय निजामती सेवा ऐन छिटो जारी गर्न दबाब दिने उद्देश्यले संघर्षरत नायब सुब्बाहरुले आज आफ्ना माग लेखिएका पम्प्लेट छातीमा टाँसेर कार्यालयमा काम गरेका छन् ।

‘माननीय ज्यू ! नायब सुब्बा लगायतका अनंकित कर्मचारीको वृत्ति विकास खोइ ?’, लगायतका नारा लेखिएका पम्प्लेटसहित उनीहरुले काम गरेका हुन् । यो काम उनीहरुले भोलि पनि जारी रहने जनाएका छन् ।

राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत अन्तरतह प्रतिस्पर्धा कायम गर्न, तहगत प्रणाली लागू गर्न र योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब वृद्धिदर कम हुने गरी अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा नयाँ प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका थिए । हाल उनीहरुको आन्दोलनलाई निजामती सेवामा सक्रिय पाँचवटै ट्रेड युनियनहरुले अपनत्व लिएर दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?