+
+

आफ्नै घोषणा विपरीत विराटनगरका मेयरले चढ्न थाले सरकारी गाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:३४

२९ साउन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्न थालेका छन् । स्थानीय तह निर्वाचन प्रचारका क्रममा उनले निर्वाचित भए सरकारी गाडी प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए ।

निर्वाचित भएको करिब तीन महिना निजी गाडी प्रयोग गरेका उनले निजी गाडीमा प्रयोग भएको पेट्रोलमा बेरुजु देखाउने भन्दै सरकारी गाडी प्रयोग गर्न थालेका हुन् ।

‘स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ, निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ ।’

महानगरपालिका प्रमुखले प्रयोग गर्ने गाडी लामो समयसम्म प्रयोग नगर्दा बिग्रिने भएका कारण निजी काम बाहेक सरकारी गाडी प्रयोग गर्ने उनले बताए ।

उनले भनेका छन्,‘ लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु ।’

मेयर कोइरालासँग तीन करोड ३० लाख रुपैयाँमा खरिद गरेको निजी गाडी छ । यो गाडी गत चैतमा मात्रै खरीद गरेका थिए । सबै विषयमा पारदर्शिता अपनाउने बताउँदै उनले आफ्नो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?