
२९ साउन, काठमाडौं । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटनाबारेको प्रतिवेदन सार्वजनिक नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाएको समितिले प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘ … व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना टानबिनका लागि बनाइएको छाबिन समितिको प्रतिवेदन सत्यतथ्यसहित तत्काल सार्वजनिक नगरिए र ट्रान्सक्रसिप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि त्रिभुवन विश्वविद्यालय धाउनु पर्ने अवस्था रहिरहे हाम्रो संगठन तत्काल आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौं।’
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4