+
+

विदेशी प्रेमिकासँग गरे अभिनेता कार्मले विवाह, भदौ ४ गते बिहेभोज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १३:३६
अभिनेता कार्म र उनको बिहेभोजको कार्ड

काठमाडौं । अभिनेता कार्मले विदेशी प्रेमिका एनी सोफीसँग विवाह गरेका छन् । गत वर्ष नै उनले विवाह गरेको भए पनि यो कुरालाई गुपचुप राखिरहेका थिए ।

तर उनले भदौ ४ गते बिहेभोजको आयोजना गरेका छन् । बिहेभोजको निम्तो अनलाइनखबरलाई प्राप्त भएको छ । उक्त बिहे रिसेप्सनलाई परम्परागत नेवारी भोज भनिएको छ ।

कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले आयोजना गरेको निम्तोमा कार्म वेड्स एनी सोफी लेखिएको छ । कार्म र एनीले आफू निकट फिल्मकर्मी, व्यवसायी र साथीभाइलाई रिसेप्सनको निम्तो दिएका छन् ।

एनी युरोपेली रहेको र उनी कार्मसँग केही वर्षदेखि रिलेसनसिपमा रहेको बुझिएको छ । कार्मले पनि आफ्नो विवाह गत वर्ष नै भइसकेको र कोरोना महामारीका कारण बिहेभोजमा ढिलाइ भएकाले बल्ल आयोजना गर्न लागेको बताए ।

कार्मका निकट साथी तथा अभिनेता रेमनदास श्रेष्ठले पनि हालै विदेशी प्रेमिका जेना मुड्रासँग बिहे गरेका थिए । कार्म अभिनित फिल्म ‘अभिन्न’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?