+
+

बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले रोके फोहोर बोकेको ट्रक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १४:२६

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।

फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका सिसडोलका एक युवकले अनलाइनखबरलाई टेलिफोनमा बताए ।

स्थानीयवासीले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ ।

सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?