+
+

‘लाल सिंह चड्ढा’ फ्लप भएपछि वितरकले मागे आमिर खानसँग क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १६:१७

काठमाडौं । ‘लाल सिंह चड्ढा’ यस वर्ष बलिउडमा रिलिज हुने प्रतीक्षित फिल्ममध्ये एक थियो । तर फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे ।

बलिउड सञ्चारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’को कमाइलाई लिएर आमिर खान स्तब्ध भएको बताइन्छ ।

‘आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै मिहिनेत गरेका थिए । तर फिल्म नचलेपछि उहाँलाई ठूलै चोट पुगेको छ,’ आमिर र उनकी पूर्वपत्नी किरण राव निकट स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले जनाएको छ ।

यति ठूलो झट्कापछि देशभरका फिल्म वितरकले आर्थिक क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्, जसले ‘लाल सिंह चड्ढा’ले अझै ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ ।

सहनिर्माताको रुपमा आमिरले फिल्म असफलताको जिम्मेवारी लिएका छन् र वितरकले व्यहोरेको क्षतिलाई आशिंक रुपमा भए पनि राहत दिन प्रयास गरिरहेका छन् ।

फिल्मले चार दिनसम्म भारतीय बक्स अफिसमा ३७.९६ करोड भारु कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?