+
+

सामाजिक सञ्जालबाट विश्राम लिने ‘स्पाइडरम्यान’ अभिनेताको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १८:१२

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम होल्याण्डले मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् ।

सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मानसिक स्वास्थ्यको लागि मैले सामाजिक सञ्जालबाट विश्राम लिंदैछु । किनकि मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ । ममाथि यी प्लेटफर्म भारी भएका छन् ।’

उनी अगाडि भन्छन्, ‘जब म मेरोबारेमा अनलाइनमा कुरा पढ्छु, मलाई दिक्क र रिंगटा लाग्छ । अन्ततः मलाई लाग्यो, मेरो मानसिक स्वास्थ्यको लागि पनि यो हानिकारक कुरा हो ।’

‘स्पाइडरम्यान’ अभिनेतालाई इन्स्टाग्राममा ६७.७ मिलियन र ट्वीटरमा ७.४ मिलियनले पछ्याएका छन् । पछिल्लो समय उनले यी प्लेटफर्र्म प्रयोग गरेका छैनन् । उनले इन्स्टाग्राममा अन्तिम फोटो ६ साताअघि पोस्ट गरेका थिए भने गत फेब्रुअरी २०२२ मा ट्वीट गरेका थिए ।

लगभग तीन मिनेट लामो उनको भिडियोलाई इन्स्टाग्राममा छोटो समयको लागि कमब्याक भन्न सकिन्छ । उनले सोसल मिडियाबारे आफ्ना भावना प्रवाह गर्न संघर्ष गरिरहेको देख्न सकिन्छ । ‘नमस्ते साथीहरु, एक घण्टादेखि म यो भिडियो बनाउन संघर्षरत छु,’ उनी भन्छन् ।

भिडियोको अन्त्यमा उनले आफ्ना आमाबुबाद्वारा स्थापित सामाजिक संस्था स्टेम फोर र ब्रदर्स ट्रस्टबारे पनि उल्लेख गरेका छन्, जुन संस्थाले मानसिक स्वास्थ्यबारे काम गर्छन् । यी संस्थालाई सघाउन आफू तयार रहेको समेत उनले बताएका छन् ।

सामाजिक सञ्जालबाट विश्राम लिने विश्व सेलिब्रिटीमध्ये होल्याण्ड मात्र एक्ला होइनन् । यसअघि स्टार वार्स अभिनेत्री डेइसी राइड्लीले पनि ६ वर्षको अन्तरालपछि इन्स्टाग्राममा कमब्याक गरेकी थिइन् । सेलेना गोमेज, लोर्दे र किम कार्दसियनले पनि सामाजिक सञ्जालबाट ब्रेक लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?