+
+

माओवादी स्थायी कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ८:५३

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान करिब साढे ८ बजेबाट सुरु भएको बैठक आगामी निर्वाचनमा केन्द्रित छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे बैठकमा मुख्य गरी छलफल हुने एक नेताले जानकारी दिए ।

साथै आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
हिजो नै बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै आजका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?