+
+

डम्बर खतिवडाले छाडे बाबुरामकाे साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १०:०८

३१ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टीको साधारण सदस्य त्यागेको घोषणा गरेका छन् । नेता खतिवडाले बुधबार बिहान एक ट्वीट सन्देशमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘करिब ८ वर्षकाे सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षकाे सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुकाे टिमप्रति आभारी छु,’ खतिवडाले लेखेका छन्, ‘आजबाट जसपा-नेसपा लफडाबाट पूर्णत:मुक्त छु । नेसपा-माओवादी एउटै चिन्ह हँसिया हथाैडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाकाे साधारण सदस्य पनि रहिनँ।’

पछिल्लो समय जनता समाजवादी पार्टी विभाजनको बेला अध्यक्ष उपेन्द्र यादवको साथ छाडेर नवगठित नेपाल समाजवादी पार्टीतिर लागेका थिए । डा. भट्टराईलाई साथ दिए पनि उनी केन्द्रीय समितिमा नबसी साधारण सदस्यका रूपमा नेसपामा आवद्ध भएका थिए ।

एक दशक अगाडिदेखि वैकल्पिक राजनीतिको बहसमा सहभागी खतिवडा ७ वर्षअघि डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नयाँ शक्तिको सुरुवाती ३५ सदस्यीय केन्द्रीय समितिका सदस्य बनेका थिए । ०७५ असारमा बनेको नयाँ शक्तिको सात सदस्यीय हेडक्वाटर सदस्य बनेका खतिवडाले पार्टीको विभिन्न विभागको नेतृत्व गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?