+
+

५२ लागिन् मनिषा : प्रसिद्धि, डिभोर्सदेखि क्यान्सरमाथि जितसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:३८

काठमाडौं । सन् ९० को दशककी लोकप्रिय अभिनेत्री मनिषा कोइराला आज ५२ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९१ को फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यु गरेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् ।

सञ्जय लीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त मनिषाका अन्य धेरै फिल्म पाइपलाइनमा छन् । सन् १९७० मा आजकै दिन नेपालमा जन्मिएकी मनिषाको जीवनमा यतिबेला ठूलो आध्यात्मिक मोड पनि आएको छ ।

खासगरी क्यान्सर जितेपछि जीवनलाई हेर्ने उनको दृष्टिकोणमा ठूलै बदलाव आएको महसुस गर्न सकिन्छ । क्यान्सरसँगको संघर्ष उनको जीवनको ठूलो लडाइँ रह्यो । त्यसयता उनले दर्शकसामु आशावादको सञ्चार गर्न थालेकी छन् ।

सम्भवतः फिल्मको पटकथासँग मनिषाको जीवन दुरुस्तै मिल्छ । ९० को दशककी हिट बलिउड अभिनेत्री रहेकी मनिषाले फिल्म करिअर चाहिं सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट सुरु भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाकी नातिनी समेत रहेकी मनिषाको पछिल्लो राजनीतिक झुकाव चाहिं राजसंस्थाप्रति देखिएको छ ।

उनको पछिल्लो नेपाली फिल्म ‘धर्मा’ रह्यो, तर यो फिल्म बक्स अफिसमा व्यावसायिक रुपमा असफल रह्यो । नेपाली फिल्म कमब्याकमा भएको असफलतापछि मनिषाको पुनरागमन हुन सकेन । यद्यपि, उनलाई केही फिल्म निर्माताले प्रस्ताव गरिरहेका छन् ।

काठमाडौंका सम्राट दाहालसँग विवाह गरेको महिनामै उनी अलग भइन् । गोकर्ण फरेस्ट रिसोर्टमा भएको उनको बिहे समारोहमा बलिउड हस्तीहरु सहभागी थिए । केही अन्तर्वार्तामा उनले बाँकी जीवन बुवाआमाको स्याहार आफ्नै लागि बिताउने निधो आफूले गरेको उनले बताएकी थिइन् ।

केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै मनिषाले आफू नेपालमा सामाजिक कार्यमा सक्रिय हुने योजना रहेको सुनाएकी थिइन् । सन् २०२३ मा उनको फिल्म ‘शाहजादा’ निर्माण घोषणा भएको छ । यो फिल्मले बलिउड मेनस्ट्रिममा उनलाई पुनः स्थापित गर्ने अपेक्षा छ ।

उनको अर्को फिल्म ‘फ्रिडम’ पनि अहिले पोस्ट प्रोडक्सनमा छ । चर्चाको शिखरदेखि असफल वैवाहिक सम्बन्ध हुँदै क्यान्सरमाथि विजयसम्म उनका चर्चित घटनाक्रम हुन् । उनको जीवन चलचित्रको कुनै पटकथा जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?