+
+

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:५५

३१ साउन, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ४ सय र तेजावी सुनको ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ तोकिएको छ । सोमबार १ हजार २ सय ३५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?