+
+

हप्तौंसम्म नउठाएपछि फोहोर राखेरै बन्द गरियो सडक

आर्यन धिमाल आर्यन धिमाल
२०७९ साउन ३१ गते १२:०७

३१ साउन, काठमाडौं । ललितपुरको यूएन पार्क नजिकै मणिडोल छिर्ने चोकको सडक किनारमा फोहोर थुप्रिएको ३ महिनाभन्दा बढी भयो । स्थानीयले सडक किनारमा फोहोर फाल्न नदिन रात्री गस्ती समेत गरेका थिए । जरिवाना गराउँदा पनि फोहोर फाल्न रोकिएन ।

ललितपुर महानगरपालिकाले फोहोर उठाउन चासो  पनि दिएन । मणिडोल टोल सुधार समितिका पदाधिकारीहरु वडा नम्बर ११को कार्यालय, महानगरपालिकाको कार्यालयसहित विभिन्न निकायमा गुनासो गरे ।

तर, सधै‌ं एक हप्ताभित्र उठाउने आवश्वासन दिंदादि‌दै महिनौं बित्यो ।

मंगलबार बंगलामुखी मन्दिरतर्फ जाने सडकको चोकमा स्थानीयले बाटो नै अवरुद्ध हुने गरी फोहोर थुपारे । त्यसको प्रतिरोध गर्दै स्थानीयले सोमबार रातिबाटै सडकमा फोहोर थुपारेर विरोध जनाएका हुन् । तुरुन्तै फोहोर उठाउन माग गर्दै उनले बाटो अवरुद्ध गरेका हुन् ।

स्थानीयको अवरोधलाई त प्रहरीले हटाएको छ । तर सडक किनारमा थुप्रिएको फोहोर त्यत्तिकै छ । सडकभरि फोहोर असरल्ल छन् ।

मंगलबार साँझसम्म पनि फोहोर नउठाए यूएनपार्कबाट शंखमूलतर्फ जानेसहित स्थानीय क्षेत्रका सबै बाटो बन्द गर्ने  स्थानीय बासिन्दाको चेतावनी छ । उनीहरुले फोहोर नै राखेर बाटो अवरुद्ध गरिने बताएका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?