+
+
Shares

आयात-निर्यात गर्ने वस्तुको मूल्य बैंकहरुले नै यकिन गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:५२
फाइल तस्वीर

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन गर्न भन्दै वैदेशिक व्यापारमा वस्तुको मूल्य जाँचेर मात्रै सटही सुविधा उपलब्ध गराउन बैकहरुलाई निर्देशन दिएको छ ।

आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणका लागि उक्त निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।

‘वैदेशिक व्यापारको माध्मबाट हुनेसक्ने सम्पत्ति शुद्धीकरणको निरुत्साहन तथा नियन्त्रण हुनेगरी बैंकहरुले संरचना बनाउनुपर्ने र वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य ‘पर्फम इन्भोइस/डकुमेन्ट’ मा उल्लेख भएको मूल्यबीच तुलना गरेर मात्रै सटही सुविधा प्रदान गर्न निर्देशन दिएको छ ।

‘आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणका लागि सघाउ पुग्ने गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र ‘पर्फम इन्भोइस/डकुमेन्ट’ मा उल्लेखित मूल्यबीच तुलनात्मक विश्लेषण समेत गरी यथार्थपरक देखिएमा सटही सुविधा (ड्राफ्ट/टीटी जारी गर्ने, प्रतीतपत्र खोल्ने, डीएए, डीएपी आदि) उपलब्ध गराउनु पर्नेछ’ राष्ट्र बैंक विदेशि विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?