+
+

संसदमा काठमाडौंको फोहोरको चर्चा, महानगरको मात्रै भर नपर्न सरकारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १४:१८

३१ साउन, काठमाडौं । प्रतिनिधिसभामा काठमाडौंको फोहोरको विषयमा चर्चा भएको छ ।

मंगलबार संसदको शून्य समयमा बोल्दै सांसदहरुले फोहोर फाल्न काठमाडौं महानगरले स्थानीयबासीसँग गरेको सम्झौता कार्यान्वन नभएको र महानगरको मात्रै भर नपर्न सरकारलाई अनुरोध गरेका छन् ।

नुवाकोटका सांसद हितबहादुर तामाङले काठमाडौंको फोहोर मैलाको चर्चा मात्रै भएको तर समस्या समाधानतर्फ ध्यान नदिएको टिप्पणी गरेका छन् ।

‘सुनिन्छ १ सय ७४ सम्झौता भइसक्यो, तर कार्यान्वयन भएन । अर्बौं खर्च भइसक्यो भनेर भनिन्छ तर कहाँ खर्च भयो कसरी खर्च भयो ? कार्यान्वयन कस्तो छ त ?’ तामाङले भने ।

उनले विगत १७ वर्षदेखि पटक पटक सम्झौता गरेर कार्यान्यन नगरेको भन्दै आपत्ति प्रकट गरेका थिए ।

यस्तै अर्की सांसद हिरा गुरुङले काठमाडौंको फोहोरको समस्या हरेक वर्ष नयाँ-नयाँ स्वरुपमा आइरहेता पनि समाधन हुन नसकेको बताइन् । ‘अहिले पुरै काठमाडौ दुर्गन्धित भइसकेको छ ।सरकारले महानगर ताक्ने, महानगरले सरकार ताक्ने काम मात्रै गर्न भएन,’ गुरुङले भनिन् ।

प्रशासन लगाएर एक दुई सय गाडी फोहोर खसाल्दैमा दिर्घकालीन समस्या समाधान नहुने भन्दै उनले दिगो व्यवस्थापन हुनुपर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?