+
+

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : बामदेव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:३१

३१ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।

मंगलबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए ।

‘गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव चिह्नबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो । त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ’ उनले भने ।

नेता गौतमले आफूले सत्तारुढ दलको गठबन्धनमा सामेल नभएको तर मओवादी केन्द्रसँग गठबन्धन गरेको टिप्पणी गरे । ‘म गठबन्धनमा छैन, गठबन्धनमा छु भन्दा गठबन्धनको बैठकमा प्रतिनिधित्व गर्न जान प¥यो, म त्यसमा जाँदिन । माओवादीसँगको मात्र मेरो गठबन्धन हो’ उनले भने ।

सिट भागवण्डा सत्तारुढ गठबन्धनमै मिलाउने कि माओवादी केन्द्रसँग लिने भन्ने प्रश्नमा गौतमले भने, ‘प्रचण्डलाई जिम्मा दिएको छु, उहाँले दावी गरेर ल्याउनुहुन्छ कि आफैं दिनुहुन्छ, म प्रचण्डको हिस्साबाट मैले पाउने हो ।’

माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपछि ऐन र कानुनले जे व्यवस्था गरेको छ माओवादी केन्द्रसँग पनि त्यस्तै सम्बन्ध रहने गौतमले बताए ।

‘कानुनसम्मत भूमिका के के हुन्छ, हामी छलफल गरेर साझा समझदारी गरौं भन्दा उहाँले (प्रचण्डले) सहर्ष स्वीकार्नुभएको छ’ गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?