+
+

एक वर्षमा २ अर्ब २१ करोड डलरले घट्यो विदेशी मुद्रा सञ्चिति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:०१

३१ साउन, काठमाडौ । एक वर्षको अवधिमा २ अर्ब २१ करोड डलरले विदेशी मुद्राको सञ्चिति घटेको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले घटेर ९ अर्ब ५४ करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार नेपाली मुद्रा कमजोर हुँदा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रामा विदेशी विनिमय सञ्चिति कम घटेको देखिन्छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ असारमा १३.१ प्रतिशतले घटेर १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको अन्तिम महिनामा भने विदेशी विनिमय सञ्चितिमा सामान्य सुधार भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार जेठ २०७९ को तुलनामा आसर २०७९ मा विदेशी विनिमय सञ्चिति बढेको हो । जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड रहेको थियो ।

अमेरीकी डलरमा पनि पछिल्लो एक महिनामा भने ९ करोड डलरले विदेशी विनिमय सञ्चिति बढेको छ । असार २०७९ मा ९ अर्ब ४५ करोड डलर रहेको विदेशी मुदाको सञ्चिति असार २०७९ मा ९ अर्ब ५४ करोड डलर पुगेको हो ।

नेपाली मुद्रा अमेरीकी डलरको तुलनामा कमजोर हुँदा नेपाली मुद्रामा भन्दा डलरमा विदेशी मुद्राको सञ्चितिमा उच्च गिरावट देखिएको हो ।

असारमा बढेको रेमिट्यान्स तथा बाह्य सहायता परिचालन बढ्न विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । साथै आर्थिक वर्षको पछिल्लो महिनामा आयत नियन्त्रण भएसँगै त्यसले पनि थप सहयोग गरेको हो ।

औसत आयात यथावत रहेको र विदेशी मुद्रा सञ्चितिमा समानय सुधार हुँदा सञ्चिति पर्याप्त सूचकांकमा पनि सुधार भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले जनाएको छ ।

जेठ महिनामा विदेशी मुद्राको सञ्चितिले ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्तरहेको अवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?