+
+
Shares

विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १९:१५

३१ साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ ।

परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तलाबन्दी र तीन गतेदेखि अनिश्चितकालीन विद्यालय तालाबन्दी गर्ने घोषणा गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै परिषद्ले शिक्षक महासंघमार्फत पटक पटक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग विभिन्न सहमति गरे पनि सम्झौता कार्यान्वयन नगरेको जनाएको छ । सरकारले विद्यालय कर्मचारीलाई गरेको बेवास्ताको कारण आन्दोलन गर्न बाध्य भएको महासचिव शान्तिनाथ योगीले बताए ।

उनीहरुले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तैगरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलार्य एक पटकका लागि उमेर हद नगाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुनबमोजिम शीर्षक सरहको सेवा सुविधा उपलब्ध गराई अवकाश ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?