+
+

फागुन १९ मा ‘परस्त्री’सँग जुध्दै आँचलको ‘वर एण्ड वधु’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ८:२३

काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् ।

निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म फागुनको १९ गतेबाट रिलिज हुनेछ । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य र हिमेश पन्तको मुख्य भूमिका छ ।

रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । फिल्मको बाँकी सुटिङ नेपालमा हुने तयारीमा छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म तयार भएको हो । कार्यकारी निर्माता अमित रिजाल हुन् । जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिर ४ गते हुने संसदीय चुनाव र सोही दिनदेखि आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई फिल्मलाई लक्षित गरिरहेका छन् ।

फागुन १९ मा सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’ पनि रिलिज तयारीमा छ । फागुनमा ५ गते प्रशान्त तामाङको ‘परदेशी २’सँग दयाहाङ राई स्टारर फिल्म ‘बिहेपास’ पनि जुध्ने पक्का भएको छ । फागुनमा नै ‘छक्कापञ्जा’को चौंथो श्रृंखला आउने चर्चा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?