
१ भदौ, काठमाडौं । प्रहरीले हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ का २८ वर्षीय सुरेश भन्ने प्रदीप कर्माचार्य, मुगुको खत्याड गाउँपालिका-११ घर भई बुढानीलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड गाउँपालिका-८का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।
काठमाडौंको ज्ञानेश्वरमा अफिस खोलेर ठगी कार्यमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुरेश भन्ने प्रदीप कर्मचार्य कम्पनीको सिईओ, विशाल कार्की बैंकमा निरणज पाण्डेको नाममा खाता खोल्ने व्यक्ति र रामकृष्ण रावत कम्पनीको सहजकर्ताको रुपमा रहेर नागकरिताको दुरूपयोग गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4