+
+

दशक लामो तनावपछि टर्की र प्यालेस्टाइनबीच कुटनीतिक सम्बन्ध पुनर्स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते २१:१६

१ भदौ, अङ्कारा । टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ ।

इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो ।

कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर आधिकारिक रूपमा धर्मनिरपेक्ष टर्कीलाई गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टिनी हितका लागि पैरबी गर्न अनुमति दिने बताए ।

‘द्विपक्षीय सम्बन्ध सुधारका लागि राजदूतहरूको फिर्ती महत्वपूर्ण छ,’ कावुसोग्लुले भने ।

उनले भने, ‘हामीले सधैं भन्दै आएका छौं, हामी प्यालेस्टिनीहरूको अधिकारको रक्षाका लागि समर्थन जारी राख्नेछौं ।’ टर्कीले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिँदैन र यसको दूतावास तेल अभिवमा रहेको छ ।

कावुसोग्लुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सूची बुझाएपछि टर्कीका राजदूत नियुक्त गरिने बताए ।

सन् २०१० मा गाजामा लगाइएको नाकाबन्दी तोड्ने उद्देश्यले टर्कीको जहाजमा इजरायली आक्रमणपछि १० जना सर्वसाधारणको मृत्यु भएको घटनाले टर्कीको इजरायलसँगको सम्बन्ध बिग्रिएको थियो ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गत मार्चमा अङ्काराको ऐतिहासिक भ्रमण गरेका थिए । साथै उनले एर्दोगानसँग पनि वार्ता गरेका थिए । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?