+
+

रुस्दीका आक्रमणकारी भन्छन्- उनी बाँचे…, म स्तब्ध छु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १२:१३

२ भदौ, काठमाडौं । न्यूयोर्कमा बहुचर्चित लेखक सलमान रुस्दीमाथि ज्यान लिने गरि आक्रमण गरेको आरोप लागेका व्यक्तिले रुस्दी बाँचेको देखेर छक्क परेको प्रतिक्रिया दिएका छन् ।

२४ वर्षीय हादी मतरले गत साउन ११ गते बिहान चौटौका इन्स्टिच्युटमा रहेका रुस्दीमाथि १०-१५ पटक छुरा प्रहार गरेका थिए ।

न्यूयोर्क पोस्टलाई दिएको एक अन्तर्वार्तामा अभियुक्त मटरले भनेका छन्, ‘उनी (रुस्दी) बाँचेको सुनेर म छक्क परें । उनी बाँच्छन् भन्ने मलाई लागेको थिएन ।’

उनले अगाडि भनेका छन्, ‘म इरानका धार्मिक नेता आयतोल्लाहलाई सम्मान गर्छु । मलाई लाग्छ- उनी एक महान व्यक्ति हुन् । मैले रुस्दीको उपन्यासका केही पाना पढेको थिएँ । म उसको बारेमा यति मात्र भन्न चाहन्छु कि मलाई उनी (रुस्दी) मन पर्दैन । मलाई ऊ राम्रो मान्छे हो भन्ने लाग्दैन ।’

अन्तर्वार्ताको क्रममा उनले अगाडि भनेका छन्, ‘उसले (रुस्दी)ले इस्लामलाई आक्रमण गर्‍यो । उनले इस्लाम धर्मावलम्बीहरुको आस्था र विश्वासमाथि आक्रमण गरे ।’

प्रहरी नियन्त्रणमा रहेका मतार शिया चरमपन्थी र इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स सहानुभूति राख्छन् भन्ने आशयसहित अनुसन्धान अगाडि बढिरहेको छ । तर, उनले आफ्नो इरानी रिभोल्युसनरी गार्डसँग कुनै सम्पर्क नभएको जिकिर गरेका छन् ।

उनले कसैको निर्देशनमा उक्त हमला नगरेको बताएका छन् । रुस्दी चौथौका इन्स्टिच्युटमा हुने कार्यक्रममा सहभागी हुने कुरा आफूले ट्विटरबाट थाहा पाएको मटरले बताए ।

रुस्दीको पुस्तक ‘स सटानिक भर्सेस’ प्रशासनको एक वर्षपछि सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरेका थिए ।

आक्रमण लगत्तै हेलिकप्टरबाट अस्पताल पुर्‍याइएका रुस्दीको शल्यक्रिया भएको थियो । नाजुक अवस्थामा उपचार सुरु गरिएका उनलाई लामो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?