+
+

रुपन्देही उद्योग संघमा रोजगार सूचना केन्द्र सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १५:३१

२ भदौ, बुटवल । रोजगार प्रदायक उद्योग प्रतिष्ठान र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने उद्देश्यले रुपन्देही उद्योग संघमा रोजगार सूचना केन्द्र स्थापना भएको छ ।

प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रोजगार सूचना केन्द्रसँगै यससम्बन्धी जानकारी दिने वेबसाइट पनि सञ्चालनमा आएको छ ।

रोजगार सूचना केन्द्रमा अनलाइनमार्फत रोजगारी चाहेका जनशक्तिले आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफूलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्फत नै छनोट गर्न सकिने छ ।

केन्द्र र वेबसाइटको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले बिहीबार उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै खपत गर्ने वातावरण बनाउने सरकारको नीतिमा रोजगार सूचना केन्द्र सहयोगी बन्ने बताए । निजी क्षेत्रसँगको सहकार्यमा उद्यमशीलता र रोजगारी वृद्धि गर्न सकिने भन्दै उनले दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउन उद्योग प्रतिष्ठानहरु लचक हुनुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनले मात्रै उत्पमदकत्व वृद्धि गर्न सकिने बताइन् ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले केन्द्रको स्थापनाले रोजगादाता र श्रम शक्तिवीचको पुलको काम गर्ने बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले सीपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?