+
+

रत्ननगरमा गाडीको ठक्करबाट वृद्धको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ९:०९

३ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । घटनालगत्तै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका रानामगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

रानामगरलाई ठक्कर दिएपछि बोलेरो गाडी फरार भएको र खोजीकार्य भैरहेको डीएसपी रेग्मीले बताए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको पनि उनले बताए ।

यसैबीच चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?