+
+

प्रतिनिधि सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १०:५५

५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

संसद सचिवालय स्रोतका अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?