+
+

गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १२:३४
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भने,‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ ।’

प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा जोड दिए । ‘अहिले  उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई ।’

गिरिको शनिबार राति उपचारका क्रममा मेडसिटी अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?