+
+

बालेनले नगर प्रहरी प्रमुखबाट धनपतिलाई हटाए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १८:४३

५ भदौ, काठमाडौं । काठमाडाैं महानगरपालिकाले नगर प्रहरी प्रमुख परिवर्तन गरेको छ । मेयर बालेन्द्र शाह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए । ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?