+
+

सलमान र चिरञ्जीवी अभिनित ‘गडफादर’को टिजर रिलिज, दशैंमा फिल्म आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते ८:३१

काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ ।

टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ । गडफादरको भूमिकामा चिरञ्जीवी छन् ।

टिजरमा २० वर्षसम्म गडफादर चरित्र कहाँ लुकेको थियो, जब ऊ ६ वर्ष पहिले नै फर्किएर आयो, तब जनता खुसी हुन सकेनन् भन्ने पृष्ठभूमिबाट टिजर सुरु हुन्छ । तर नयनतारा उसको पुनरागमनबाट आशा राख्छिन् ।

ठगहरुलाई कुटपिट गर्दा चिरञ्जीवीको अनुहार खुल्छ । राजनीति उसको हत्या भएको हेर्न चाहन्छन् र प्रहरी उसलाई पक्राउ गर्न चाहन्छ, किनकि उसलाई संसारकै ठूलो डन सलमान खानको समर्थन छ ।

मलायलम फिल्म ‘लुसिफर’को रिमेक रहेको यो फिल्ममा चिरञ्जीवीले मोहनलालको भूमिका निर्वाह गरेका छन् । गडफादरमा सलमान पृथ्वीराज सुकुमारनको भूमिकामा देखिनेछन् भने नयनताराले मञ्जु वारियरको भूमिका निर्वाह गर्नेछिन् ।

मोहन राजा निर्देशित यो फिल्म सलमान खानको पहिलो तेलुगू फिल्म हो । यो फिल्म दशैं छेकोमा असोज १९ गते रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?