+
+

एनआरएनए कतार र राजदूत ढकालबीच श्रमिकका समस्याबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:०६

७ भदौ, काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), कतारको टोलीले राजदूतसँग शिष्टाचार भेट गरेको छ ।

नवगठित एनआरएनए एनसीसीका अध्यक्ष सुरेश भट्टको नेतृत्वको टोलीले कार्यालयमै पुगेर राजदूत डाक्टर नरेशविक्रम ढकालसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा राजदूत ढकालसँग कतारमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरणबारे छलफल भएको अध्यक्ष भट्टले बताए ।

आगामी दिनमा नेपाली राजदूतावास परिवार र गैरआवासीय नेपाली संघबीच श्रमिकका समस्या, नेपाली समाजको श्रीवृद्धि र देश विकासका लागि चाहिने नवीनतम नीति निर्माण कार्यमा एकआपसमा समन्वय गरि अघि बढ्ने संकल्पसमेत भएको उनको भनाइ छ ।

राजदूत ढकालले नवगठित एनआरएनए, एनसीसी कतारको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

एनआरएनएको टोलीले पनि राजदूत ढकालको कार्यकाल सफलताको शुभकामना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?