+
+

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि, आज सहसचिवहरुको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते ८:४०

८ भदौ, काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ ।

सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ ।

बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए ।

६८३ मेगावाट क्षमताको सुनकोशी–३ अर्धजलाशययुक्त आयोजना हो । बंगलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिहरुसहित २२ तारिखमा काठमाडौं आइपुगेको बंगलादेशको टोलीले मंगलबार सुनकोशी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको स्थलगत अनुगमन गरेको थियो ।

दुई देशका अधिकारीहरुको बैठकमा नेपाल–बंगलादेश ऊर्जा व्यापारका लागि प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत व्यापारका लागि भारतको पनि समर्थन लिनेबारे पनि छलफल हुनेछ । नेपाल–बंगलादेश ऊर्जा व्यापारका लागि भारतको बाटो हुँदै प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले यसमा भारतको समर्थन चाहिने अधिकारीहरु बताउँछन् ।

नेपालको तर्फबाट बंगलादेशलाई विभिन्न पाँच आयोजना प्रस्ताव गरिएकोमा बंगलादेशले सुनकोशी–३ मा लगानी गर्ने इच्छा देखाएको थियो । यो आयोजनामा बंगलादेशले नेपाल, भारत र बंगलादेशको संयुक्त लगानीको प्रस्ताव गरेको छ । तर नेपालले भने नेपाल र बंगलादेशमात्र मिलेर बनाऔं भन्नेमा जोड गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?