+
+

पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १३:१२

८ भदौ, लम्जुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत अवस्थामा भेटिएका छन् ।

पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी बुधबार बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश रेग्मीले बताए ।

प्रहरी निरीक्षक रेग्मीका अनुसार उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?