+
+

तनहुँ जलविद्युत र रघुगंगा जलविद्युत आयोजनाको अनुगमन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १४:४९

८ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधवार समितिले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समिति
सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिएकी हुन् ।

उनले दुबै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिइन् । समितिले अन्तरमन्त्रालय अन्तर्गत अर्थ,वन,उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ ।

‘तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई
यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ,’ उनले भनिन्,’अन्तरमन्त्रालय अन्तर्गत अर्थ मन्त्रालय,वन,उर्जा मन्त्रालय समेतलाई तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिन्छ । आयोजनासँग सम्बन्धित मन्त्रालयहरुले आगामी दिनमा समितिले दिएको निर्देशन पालना गरेर सहयोग गर्ने आशा रहेको छ ।’

सभापति सुवेदीले सबै मन्त्रालयहरुले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?