+
+

विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १३:०५

८ भदौ, काठमाडौं । सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय विस्तार गरेको छ । कोषको कार्य क्षेत्र ७७ वटै जिल्लामा भए पनि कोषले अहिले केन्द्रीय कार्यालय बबरमहलबाट मात्र काम गरिरहेको थियो । अब भने कोषले कम्तिमा प्रदेशस्तरमा शाखा कार्यालय खोल्ने नीति अनुसार यी दुई स्थानमा कार्यालय सञ्चालनमा ल्याएको कोषले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्चुअल माध्यमबाट कार्यालयको उद्घाटन गरे । उक्त अवसरमा मन्त्री कुँवरले शाखा कार्यालयको स्थापनाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई विस्तार गर्न सहयोग पुग्ने बताए ।

कोषको समग्र काम विद्युतीय प्रणालीमा आधारित बनाइएको छ । तर, कार्यालयबाट रोजगारदाता तथा योगदानकर्ता सुचिकरण, कोषले सञ्चालनमा ल्याएका योजनाबारे जानकारी, योगदानकर्ताको आफ्नो विवरण भर्ने कामलाई सहजिकरण गर्न कार्यालउले भूमिका खेल्छ ।
यसबाट कोषबाट प्रदान हुने सुविधाको दावीमा सहजीकरण हुनुका साथै समग्र कोषको सेवा प्रवाह प्रणालीलाई सरल, शीघ्र र योगदानकर्ता मैत्री बन्ने कोषले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?