News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा कोषमा २ हजार २ सय २९ रोजगारदाता र २८ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् ।
- सामाजिक सुरक्षा कोषमा २०८२ फागुनसम्म १ खर्ब ४ अर्ब २२ करोड रुपैयाँ संकलन भएको छ ।
- कोषबाट हालसम्म १० लाख ५३ हजार २८ योगदानकर्तालाई करिब १९ अर्ब २४ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।
१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा फागुनसम्म सामाजिक सुरक्षा कोषमा २ हजार २ सय २९ रोजगारदाता थपिएका छन् । कोषमा नयाँ दर्ता भएका रोजगारदाता मार्फत करिब २९ अर्ब योगदान देखिएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ८७, वैदेशिक रोजगारमा रहेका २१ लाख ६४ हजार १ सय ५९, अनौपचारिक क्षेत्रका ९०४ र स्वरोजगार क्षेत्रका ८३२ गरी २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक तथा अनौपचारिक क्षेत्र, वैदेशिक रोजगार र स्वरोजगार क्षेत्रमा कार्यरत गरी थप ४ लाख ७१ हजार ८ सय ३ श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५ लाख ८७ हजार ४ सय ६४ रहेको थियो ।
२०८२ फागुनसम्म २३ हजार २ सय १० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । संख्याको हिसाबले बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा न्यून रोजगारदाता तथा योगदानकर्ता सूचीकृत भएका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्म थप २ हजार २ सय २९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो थप संख्या एक हजार ७ सय ६६ थियो ।
कोषमा २०८२ फागुनसम्म एक खर्ब ४ अर्ब २२ करोड रकम संकलन भएको छ । २०८१ फागुनसम्म कोषमा ७५ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको थियो ।
फागुनसम्म १० लाख ५३ हजार २८ योगदानकर्ताको करिब १९ अर्ब २४ करोड दाबी भुक्तानी भएको छ । चालु आवको फागुनसम्म २ लाख ९४ हजार ८ सय ५९ योगदानकर्ताको करिब ३ अर्ब ४८ करोड दावी भुक्तानी भएको छ ।
प्रतिक्रिया 4