१९ वैशाख, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकका लागि डेढ करोडसम्मको घरघडेरी सापटी कार्यक्रम घोषणा गरेको छ ।
सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकका लागि डेढ करोडसम्मको घरघडेरी सापटी कार्यक्रम घोषणा गरेका हुन् ।
मन्त्री यादवले सामाजिक न्यूनतम् ६ प्रतिशत व्याजदरमा डेढ करोडसम्मको घरघडेरी सापटी कार्यक्रमको घोषणा गरेको मन्त्रालयका प्रवक्ता मेघनाथ रिमालले जानकारी दिए ।
उनका अनुसार १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री यादवले शुभकामना भिडियो सन्देश दिँदै उक्त घोषणा गरेका हुन् ।
मन्त्री यादवले भिडियो सन्देशमार्फत् पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको पनि औपचारिक शुभारम्भ गरिएको बताएका थिए ।
उनले विदेशस्थित नेपाली राजदूतावासबाट संवाद, सूचना र श्रमिकका समस्या समाधानका लागि साप्ताहिक रुपमा ‘फेसबुक लाइभ’ कार्यक्रमको सुरुवात भएको पनि जानकारी दिएका थिए ।
प्रतिक्रिया 4