+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
६१ बलमा ८३ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
61/2 (9.5)
Shares

सामाजिक सुरक्षा कोषले गर्‍यो १२६ अर्ब रकम लगानी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १३:०७

११ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए ।

आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए ।

कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतिमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेन्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फन्डमा लगानी गरेको जानकारी दिए ।

त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ रकम लगानी गरेको छ । योगदानकर्ता सापटी अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए ।

‘योगदानकर्ता सापटी अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको छ । योग्य योगदानकर्तालाई सहुलियतपूर्ण सापटी लिन समेत आग्रह गर्दछु । बैंकिङ क्षेत्रमा अधिक तरलताका कारणले प्रभावकारी रुपमा लगानी गर्न सकिएको छैन । यो अल्पकालीन चुनौती हो । कोषको योजनाको प्रभावकारी कार्यान्वयन मार्फत वार्षिक १ खर्बसम्म संकलन गर्नसक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ । वैदेशिक क्षेत्रको नियमितता गर्नु, अनौपचारिक क्षेत्रको सहयोगदानको सुनिश्चितता गर्दै आबद्धता गर्नु कोषको चुनौती हो,’ उनले भने ।

अधिकारीकाअनुसार कोषमा श्रमिकहरूको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताए । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?