+
+
Shares

औपचारिक क्षेत्रका ६ लाख बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १६:२९
फाइल तस्वीर

६ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हालसम्म औपचारिक क्षेत्रका ६ लाख १३ हजार ७१८ जना श्रमिक कोषमा आबद्ध भएका बताएका हुन् ।

औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता समेत कोषमा आबद्ध भएका छन् ।

स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्तिसमेत कोषमा आवद्ध भएको बताए ।

हालसम्म १८ लाख ३५ हजार ६०४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आवद्ध भएको बताए ।

कोषलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य सरकारको रहेको बताए ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था सरकारले गरेको स्पष्ट गर्दै यसले वैदेशिक रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै उनले वैदेशिक रोजगराीलाई सुरक्षित बनाउने समेत सरकारको प्राथमिकतामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?