+
+
Shares

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठान सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशबाट व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सात प्रतिष्ठानलाई सम्मान गरेको छ।
  • मन्त्री शरतसिंह भण्डारीले व्यवसायजन्य रोगहरूको सूची तयार गरिएको र कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • सचिव डाक्टर कृष्णहरी पुस्करले व्यवसायिक सुरक्षा र स्वास्थ्यले श्रमिकको हित र प्रतिष्ठानको उत्पादकत्व बढाउने बताए।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानलाई सम्मान गरेको छ ।

मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सातै प्रदेशबाट उत्कृष्ट अभ्यास गर्ने सात वटा प्रतिष्ठानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा कोशी प्रदेशबाट बुट्टाबारी टि प्रालि विर्तामोड झापा, मधेश प्रदेशबाट डाबर नेपाल प्रालि जितपुर बारा, बागमती प्रदेशबाट बरुण वेभरेज प्रालि सिनामंगल काठमाडौं रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट गोर्खा ब्रुअरी प्रालि नवलपरासी, लुम्बिनी प्रदेशबाट बिजय डिस्टिलरी रामग्राम नवलपरासी, कर्णाली प्रदेशबाट शुभ होटल प्रालि र सुदूरपश्चिम प्रदेशबाट महाकाली सुगर प्रालि रहेका छन् ।

त्यस्तै प्राडा सुनिल कुमार जोशीलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्दा अन्य प्रतिष्ठानहरूलाई पनि प्रेरणा मिल्ने बताए ।

कुनै पनि प्रतिष्ठानको सफलताको मुख्य सूचक भनेको त्यहाँको व्यवसायिक स्वास्थ्य र सुरक्षाको अवस्था रहेको बताए । सरकारले व्यवसायजन्य रोगहरूको सूची तयार पारेको र यस क्षेत्रमा कानुनी तथा नीतिगत सुधारहरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार काम गर्ने र सबैको सहकार्यबाट नेपाललाई व्यवसायिक स्वास्थ्य र सुरक्षाको क्षेत्रमा नमुना देश बनाउन सकिने विश्वास व्यक्त गरे ।

त्यस्तै सचिव डाक्टर कृष्णहरी पुस्करले सम्मानित हुनेहरूको कार्यले अन्यका लागि उदाहरण प्रस्तुत हुने बताए । यो सम्मान कार्यक्रम प्रतिस्पर्धा नभई उत्कृष्ट कामको पहिचान भएको स्पष्ट पारे ।

व्यवसायिक सुरक्षा र स्वास्थ्यले श्रमिकको हित मात्र नभई प्रतिष्ठानको उत्पादकत्व पनि बढाउने कुरामा जोड दिए । उनले यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै, सबैको सहकार्यमा कमजोरीहरूलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?