+
+

गहुँ आयात खोल्न माग गर्दै सरकारले लेख्यो भारतलाई पत्र

सरकारले भारत सरकारलाई गहुँ आयात खुला गर्न आग्रह गर्दै पत्र लेखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १९:५५

८ भदौ, काठमाडौं । सरकारले भारत सरकारलाई गहुँ आयात खुला गर्न आग्रह गर्दै पत्र लेखेको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयले बुधबार नै यस्तो पत्र लेखेको जानकारी दिएको हो ।

संघका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा आज गएको प्रतिनिधि मण्डलले वाणिज्य सचिव गणेशप्रसाद पाण्डेसँग भेट गरेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराएको थियो ।

भारत सरकारले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले देशका मैदा उद्योगहरु प्रभावित छन् । भेटमा सचिव पाण्डेले स्वदेशी उद्योग संरक्षण गर्न नेपाल सरकारको तर्फबाट गहुँ आयातको प्रकृया अगाडि बढिसकेको र बुधबार नै सम्बन्धित निकायमा पत्र पठाएको जानकारी दिए ।

अब लगभग १५ देखी २० दिनमा नेपालमा गहुँ आउने देखिएकोले स्वदेशी मैदा उद्योग सञ्चालनको वातावरण बन्ने अध्यक्ष दुगडले बताए ।

नेपालमा ३६ वटा मैदा मिल सञ्चालनमा छन् । चालु आर्थिक वर्षका लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने भन्दै संघले घरेलु उत्पादनले मात्र नेपालको मागलाई धान्न नसक्ने बताएको छ ।

‘३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी गहुँ आयात गर्नु पर्ने बाध्यता छ’ संघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?