+
+

राजपरिवारका ज्वाइँले हडपे मन्दिरको ८ बिघा बढी जग्गा

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १८:३४
स्व.कुमार खड्ग विक्रम ।

९ भदौ, काठमाडौं । धनुषाको पिडारीचोकस्थित रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार कुमार खड्गविक्रम शाहले गुठी संस्थान तथा मालपोतका कर्मचारीलाई प्रभावमा पारेर रत्नसागर मन्दिरको ८ बिघा १० कठ्ठा १२ धुर सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रका भिनाजु शाहको दरबार हत्याकाण्डमा परेर मृत्यु भइसकेको छ । अपराधीसँगै अपराध मर्छ भन्न्ने फैजदारी न्यायको सर्वमान्य सिद्धान्त छ र फौजदारी कार्यविधि संहिताले पनि उनलाई कैद वा जरिवाना हुन सक्दैन ।

तर साविक भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम बिगो भराउन सक्ने भन्दै शाह वा निजको हकवालाको नाममा रहेको सम्पत्तिबाट २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो असुल गर्न अख्तियारले माग गरेको छ ।

तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बास्ताकोटी, मालपोतका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पञ्जियार र खरिदार गजदेव कामतीलाई भने २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय माग गरिएको छ ।

अख्तियारको आरोपपत्र पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?