+
+

नेपालका तीन म्याराथन रुट नापिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ९:१३

१० भदौ, काठमाडौं । नेपालको विभिन्न शहरमा आयोजना हुने तीन म्याराथनको रुट नापिने भएको छ । त्यसमध्ये काठमाडौं म्याराथनकको रुटको नाप लिइएको छ ।

काठमाडौंसँगै पोखरा म्यारथन र नेपालगन्ज म्याराथनको रुट नाप्नका लागि बुधबार राती एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवन नेपाल आएका हुन् ।

उनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएर काठमाडौ, ललितपुर, भक्तपुर र थिमिको बाटो हुँदै दशरथ रंगशालमा टुङ्गिने काठमाडौं म्याराथनका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बाटो नापेका हुन् ।

अमिर स्यान्डविन काठमाडौं म्याराथनका संयोजक नीलेन्द्रराज श्रेष्ठको निम्तोमा नेपाल आएका हुन् । काठमाडौं म्याराथान यही भदौ २५ गते हुँदैछ ।

यस्तै स्यान्डिवनले पोखरा र नेपालगन्ज म्याराथनको पनि रुट नाप्नेछन् ।

तिनै वटा म्याराथनको रुट नापी गरि रिपोर्ट एआईएमएसमा पठाए पछि केही दिनमा नै नेपालमा

भएका तीनै वटा म्याराथनलाई एआईएमएस सर्टिफाइड रुट भनी प्रमाणित गरि प्रमाणपत्र

प्रदान गरिने विश्वास छ । प्रमाणपत्र आएपछि नेपालका तिनै वटा म्याराथन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संचालन भएको

म्याराथनको रुपमा प्रमाणित हुनेछ । म्याराथन दौडको दूरी ४२.१९५ किलोमिटर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?