+
+

विमानस्थलबाट ७७० ग्राम सुनसहित महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १८:४२

१० भदौ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-८ सुकुलढोका स्थायी वतन भएकी वर्ष ५६ की कबिता श्रेष्‍ठ रहेकी छन् ।

फ्लाइ दुबईको विमानबाट दुबई हुँदै काठमाडौं आएकी उनलाई त्रिभुवन विमानस्थल सुरक्षा चेकजाँचका क्रममा शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीले कविताको साथबाट ७७० ग्राम तौल बराबरको सुन बरामद गरेको छ। उनले स्ल्याक्सभित्र डाइपरमा सुनलाई अर्धठोस बनाएर भन्सार छलेर लुकाएर लैजान खोजेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई बरामद सुजसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?