+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

गोकर्णेश्वरमा बुवाको सम्झना, हेर्नुस् १७ तस्वीर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ भदौ ११ गते १८:०७

११ भदौ, काठमाडौं । आज कुशे औंसी । आजको दिनलाई बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।

यस पर्वमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको छ ।

बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।

बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।

आज बिहानैदेखि गोकर्णेश्वरमा आफ्ना दिवंगत बुवालाई सम्झिनेहरूको ठूलो भीड लागेको छ । त्यहाँ पुगेर सन्तानले स्नान गर्नुका साथै बुवाको श्राद्ध गरेका छन् ।

गोकर्णेश्वरका केही तस्वीरहरू –

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?