+
+

भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने चाहना छैन : मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:०७

१२ भदौ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ४ मंसिरमा हुने निर्वाचनमा भोजपुरबाटै चुनाव लड्ने आफ्नो चाहना रहेको बताएका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । तर आइतबार विहान फेसबुकमार्फत हुने आफ्नो चाहना भोजपुरबाटै उम्मेदवार हुने रहेको बताएका हुन् ।

‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना/सोच छैन’ उनले फेसबुकमा लेखेका छन् ।

भोजपुरे जनताले माया र विश्वास गरेसम्म आफू सांसद, मन्त्री नभई भुइँमा बसेर पनि जनताको सेवा गर्न तयार रहेको मुख्यमन्त्री राईले उल्लेख गरेका छन् । ‘त्यसैले सांसद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन’ उनले भनेका छन् ।

मुख्यमन्त्री राईले भोजपुर र सुनसरी दुबै जिल्लाबाट आफ्नो नाम सिफारिस हुनुमा आफ्नो भूमिका नरहेको पनि प्रष्टीकरण दिएका छन् ।

सजिलो देख्दा उछिनापछिन गर्ने र अप्ठेरो देख्दा भाग्ने आफ्नो स्वाभाव नभएको भन्दै मुख्यमन्त्री राईले पार्टीको निर्देशन भयो भने जस्तोसुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?