+
+

सन्दीपलाई बीबीएलमा कुनै टिमले लिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १६:४६

१२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई बिग बास लिग (बीबीएल) मा कुनै पनि टिमले अनुबन्ध गरेनन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै पनि टिमले लिएनन् ।

बीबीएलको इतिहासमा पहिलो पटक विदेशी खेलाडीलाई ड्राफ्टमार्फत अनुबन्ध गरिएको थियो । जसमा लागि विश्वभरबाट ३३२ खेलाडी नाम दर्ता गराएका थिए । तर २४ विदेशी खेलाडीमात्र ड्राफ्टबाट अनुबन्ध भए । ८ टिमले ३-३ विदेशी खेलाडी लिए ।

२२ वर्षीय सन्दीपले यसअघि मेलवर्न स्टार्स र होबार्ट हुरिकेनबाट बीबीएल खेलेका थिए । उनले गत सिजन होबार्टबाट खेलेका थिए ।

सन्दीपसँगै नेपालबाट सुबास खकुरेलले पनि ड्राफ्टमा नाम दर्ता गराएका थिए । सुबासलाई पनि कुनै टिमले अनुबन्ध गरेनन् ।

बीबीएल र युएईमा पहिलो पटक हुन लागेको इन्टरनेशनल लिग टी-२० क्रिकेट एउटै समयमा हुने तालिका छ । युएईमा हुने लिगमा लागि सन्दीप डिजर्ट भाइपर्समा मार्की खेलाडीको रुपमा अनुबन्ध भइसकेका छन् ।

सन्दीप हाल नेपाली टिमको नेतृत्व गर्दै केन्या भ्रमणमा छन् । केन्यासँग पाँच टी-२० अन्तर्राष्ट्रिय खेलेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न उतैबाट वेष्टइन्डिज जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?