+
+
Shares

मकवानपुर-२ छोड्दैनौं, माओवादीबाट मै उम्मेदवार बन्छु : बिडारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १६:५८

१२ भदौ, काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्।

आइतबार बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको बैठकमा पनि संघका दुई निर्वाचन क्षेत्रमध्य एउटा र प्रदेशका चारमध्य दुईटा क्षेत्र माओवादीले लिनै पर्ने रिपोर्टिङ जिल्ला इन्चार्जले गरेको उनले बताए।

‘मकावनपुरका दुईटै संघीय क्षेत्रमा माओवादी र कांग्रेस बलियो छ,’ उनको भनाइ छ, ‘त्यसमा मकवानपुर–२ माओवादीको बलियो छ ।’ मकवानपुर–२ अन्य दललाई छाड्न नसकिने उनको भनाइ छ।

यो नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको समेत क्षेत्र हो। बिडारीले माओवादीले पाउँदा आफ्नो पनि दाबी रहने बताए। ‘म यसपाली जसरी पनि उठ्नै पर्छ’ उनलेभ ने, ‘म २०४८ सालका चुनाव लडेको हो, त्यसपछि लडेको छैन।’

विरोध खतिवडा पाँच पटक निर्वाचन लडिसकेको भन्दै बिडारीले उनलाई अन्ततिर व्यवस्थापन गर्न सकिने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?