+
+

सलमान र चिरञ्जीवीको ‘गडफादर’को छायांकन जोमसोममा गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १०:५०

काठमाडौं । चिरञ्जीवी र सलमान खान स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ ।

नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिए ।

यसै साता राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य जोमसोम पुगेका थिए । अहिलेलाई लोकेसन हेर्ने काम भए पनि फिल्म नेपालमै सुटिङ हुने वा नहुने टुंगो चाहिं मंगलबारसम्म लाग्नेछ ।

‘उहाँहरुलाई लोकेसन मन परेको छ । जोमसोममा सुटिङ गर्नेबारे उहाँहरुले भोलि वा पर्सि मात्र निधो दिन्छु भन्नुभएको छ,’ आचार्यले भने, ‘यदि उहाँहरुले निधो गर्नुभयो भने सेप्टेम्बर १५ भित्र छायांकन भइसक्छ ।’

खासमा ५ मिनेटको दृश्य छायांकनको लागि मात्र खिच्ने तयारी भएको हो । ‘सुरुमा नर्वेमा छायांकन गर्ने उहाँहरुको योजना रहेछ । नेपालमा सुटिङ गर्दा सजिलो र भिसा तथा प्लेनको खर्च पनि जोगिने अनि नेपालको पर्यटनलाई पनि फाइदा हुने भन्दै हामीले कन्भिन्स गरेका हौं,’ आचार्यले भने ।

जोमसोम सडकमा पर्ने म्याग्दीको रुप्से झरनामा तस्वीर खिचाउँदै ‘गडफादर’का कार्यकारी निर्माता उमाशंकर राजु 

मोहन राजा निर्देशित फिल्म अक्टोबर ५ मा विश्वव्यापी प्रदर्शनको तयारीमा छ भने टिजर पनि सार्वजनिक भइसकेको छ । आचार्य प्रमुख रहेको थ्री ह्विलर्सकै व्यवस्थापनमा यसअघि बलिउड फिल्म ‘उचाई’को छायांकन पनि नेपालमै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?