+
+

प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिन्छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १२:३८

१३ भदौ, काठमाडौं । नेकपा एमालेले विधेयक बनाउने प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिने बताएको छ ।

सरकारले ल्याएको विधेयकमाथि संसदमा सोमबार भएको छलफलमा एमाले सांसद ज्ञवालीले संसदको कार्यालय सकिन लागेको बेला विधेयक ल्याएकोमा प्रश्न उठाए । उनले भने, ‘टुंग्याउनका लागि ल्याइएको हो वा देखाउन ? मेरो मनमा उठेको छ ।’

यो विषय संवेदनशील भएको भक्न्दै उनले यसको प्रक्रिया विश्वसनीय हुनुपर्ने बताए । ‘प्रक्रिया विश्वसनीय भएन भने यो विषय गिजोलिने छ भन्ने स्पष्ट पार्न चाहन्छु’ एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले भने, ‘द्वन्द्वरत पक्ष सरकारमा छन् । दुई थरि मिलेर मिचमाच पार्न थाल्यो भन्ने सन्देश जान्छ ।’

हिजोको द्वन्द्वरत पक्ष (कांग्रेस-माओवादी) सरकारमा रहेको र उनीहरुलाई यो विधेयक नचाहिएको भन्दै उनले पीडितहरुलाई वेवास्ता नगर्न आग्रह गरे ।

सर्वोच्च अदालतको फैसला, पीडितको सरोकार र नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा गरेको प्रतिवद्धताविपरीत जान नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?