+
+

समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन ६८ दलको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:१८

१३ भदौ, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।

आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?