+
+

चिकित्सा जगतको दुर्लभ घटना, एउटै बच्चा दुई पटक जन्माउँदै एक महिला !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १६:३०

१४ भदौ, काठमाडौ् । सन्तान प्राप्ति आमाहरुको लागि अनुपम क्षण हो । तर गर्भधारण तथा बच्चा जन्माउने काम सजिलो चाहीँ छैन । कतिपय महिलाहरुमा यो क्रममा धेरै समस्या उत्पन्न हुन्छन् र ज्यानै समेत जान सक्दछ ।

चाहे प्राकृतिक जन्म होस् वा उपचार तथा शल्यक्रियाबाट गरिएको जन्म नै किन नहोस् । कुनैपनि बच्चाको जन्म एक पटक हुन्छ । कुनै बच्चा दुईपटक जन्मिने भन्ने हुँदैन । अर्थात् मानिसको जन्म र मृत्यु एक एक पटक नै हुन्छ ।

तर यो सत्यलाई एकजना महिलाले चुनौति दिँदैछिन् । उनले एउटा बच्चा दुई पटक जन्माउँदैछिन् ।

एउटै बच्चालाई दुईपटक जन्माउन लागेकी महिलाको नाम ज्याकलिन स्कूमर हो । उनी अमेरिकाकी हुन् ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार ज्यानलिनले हालै टिकटकमा एक भिडियो पोस्ट गर्दै आफुले आफ्नो गर्भकी छोरीलाई कसरी दुईपटक जन्म दिनु परेको छ भनेर खुलासा गरेकी छिन् । वास्तवमा उनको त्यो कहानी सत्यतामा आधारित छ ।

समाचार अनुसार ज्याकलिनको गर्भमा रहेको बच्चालाई स्पिना बाइफिडा नामक रोग थियो । यो जन्मजात हुने एक शारीरिक विकार हो । यो रोगका कारण गर्भमा बिरामीको पिठ्यूँको हड्डी राम्रोसँग विकशित हुँदैन ।

ज्याकलिनको गर्भजाँचको क्रममा डाक्टरहरुले गर्भको बच्चामा उक्त समस्या रहेको पत्ता लगाए । त्यसपछि २३ औँ हप्तामा ज्याकलिनको गर्भबाट बच्चा निकालियो । बच्चाको स्पाइनल सर्जरी गरियो र पुनः आमाको गर्भमै बच्चालाई हालियो ।

ऋब १४ हप्तापछि त्यो बच्चालाई गर्भमा राखेर ज्याकलिनले पुनः बच्चा जन्माउनेछिन् । हाल उनको गर्भ ३० हप्ताको पुगेको छ र उनलाई पूर्णरुपमा बेड रेस्ट गर्न भनिएको छ । ज्याकलिन हरेक हप्ता डाक्टरकोमा गएर स्वास्थ्य परीक्षण गराउने गरेकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?