+
+

मिटरब्याज पीडितहरुले पर्सि बालुवाटार घेर्ने, नागरिक आन्दोलनको साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १७:३९
फाइल तस्वीर

१४ भदौ, काठमाडौं । मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्च गर्ने भएको छ । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न लागेको हो ।

संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले पर्सि बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । उनले वक्तव्य निकाल्दै आफ्नो न्यायका लागि बोलिदिन आग्रह गरेका छन् ।

उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।

आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट सन्जीव उप्रेती, नारायण वाग्ले, भास्कर गौतम, अर्चना थापालगायतले साथ दिइरहेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै नागरिक अगुवा उप्रेतीले आन्दोलनको माग सुनुवाई गर्न ढिलाई भइरहेकोमा रोष प्रकट गरे । उनले बालुवाटार मार्चमा साथ दिन सबैलाई अपिल पनि गरेका छन् ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?